शशांक निवासमा विमलेन्द्र निधि र प्रकाशमान सिंह सहितको छलफल

आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका नेपाली कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल चलिरहेको छ । महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा शुक्रवार मध्यान्ह छलफल भइरहेको शशांकका पीए भरत तिवारीले लोकान्तरलाई जानकारी दिए । यी तीन नेताले केही दिन पहिले निधिको निवास बानेश्वरमा छलफल गरेका थिए । पार्टीको महाधिवेशनकै विषयमा छलफल भइरहेको स्रोतले बतायो । 

सम्बन्धित सामग्री

देउवाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा यी १० नेता मनोनित

मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

प्रकाशमान सिंह र विमलेन्द्र निधि कता ?

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएपनि प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । […]

देउवालाई भोट माग्दै प्रकाशमान सिंह र बिमलेन्द्र निधि (फोटोफिचर)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

को हुन विमलेन्द्र निधि ?

काठमाडौ । हाल कांग्रेस उपसभापति रहनु भएका विमलेन्द्र निधिले काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभएको छ । सभापतिमा ६ जनाको उम्मेदवारी परेकोमा गोरखाका युवराज न्यौपानेले नाम फिर्ता लिएपछि ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा विमलेन्द्र, वर्तमान सभापति शेरबहादुर देउवा,डा.शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । कुनै बेला देउवाका […]

कांग्रेस सभापतिमा ६ जनाकाे उम्मेदवारी

कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्

सभापतिमा मनोनयन दर्ता गराउन सभागृह पुगे विमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्। महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका उनी सभागृह पुगेका हुन्। सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।

निधिको निवासमा तीन नेताबीच भेट, मिलेर जाने सहमति

नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो। भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युप...

प्रकाशमान, विमलेन्द्र र शशांकबीच नयाँ समिकरणको सम्भावना

कांग्रेस उपसभापति विमलेन्द्र निधि , पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा.शशांक कोइरालाबीच नयाँ समिकरणको सम्भाबना बढेको छ । शुुक्रबार डा.  कोइराला निवास महाराजगञ्जमा भएको छलफलपछि निधि,सिंह र कोइरालाले आफूहरुबीच नयाँ समिकरण बन्ने...

प्रकाशमान, विमलेन्द्र र शशांक फेरि छलफलमा

कांग्रेस उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा पुगेका छन् । निधि, सिंह र कोइरालाकाबीच पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयहरुमा छलफल...

नेतृत्व पुस्तान्तरणमा विमलेन्द्र, शशांक र प्रकाशमान एकमत

कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएका छन् । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल...