भौतिक दूरी कायम गर्दै मास्कसहित दसैँ मनाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरेको छ । ६६औँ प्रहरी दिवसका अवसरमा काठमाडौँको गौशाला चोकमा आइतबार मास्क वितरण गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री यस्तो आग्रह गरे । उनले भने, ‘दसैँ उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।’ […]

सम्बन्धित सामग्री

होली पर्व घरभित्रै मनाउन काठमाडौं प्रशासनको अनुरोध, नमाने कारवाही

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेकाले होली पर्व घरभित्रै मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासकीय अधिकृत रमा घिमिरेले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जनाइएको छ । घरबाहिर, सार्वजनिक स्थल, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क, स्यानिटाइजर र सामाजिक भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गर्नुभएको छ । उहाँले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्नुभएको छ ।