महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ ।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो ।
जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।
जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जना...