चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ' चिकित्सा शिक्षा आयोग