इमरान खानद्वारा इस्लामावादमा विशाल र्याली आयोजना

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सरकारसँग आगामी ६ दिनभित्र निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सरकारले माग पुरा नगरे खानले आमरण अनशन बस्ने धम्की दिएका छन् ।  बिहीबार देशको राजधानी इस्लामावादमा खानका लाखौं कार्यकर्ता सहभागी र्याली निस्किएको थियो । माग पुरा नभएर राजधानीमा फेरि पनि आफ्ना समर्थकको र्‍याली निस्कने खानले भने ।  लाखौं समर्थकहरुलाई सम्बोधन गर्दै खानले भने, ‘सरकारले संसद भंग गरेर निर्वाचन घोषणा नगरेसम्म म यहीँ बस्नेछु । तर गत २४ घण्टाभित्रका तिनका

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा उपस्थित हुने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनेछन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएकाे आराेपमा अदालतले तीन दिनकाे जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेकाे थियाे। इमरान खानमाथि पछिल्लाे दिनमा एक र्‍यालीका दाैरान प्रहरी र न्यायपालिकालाई धम्काएकाे आराेप छ। उनले आफ्नाे पार्टीका सहयाेगी शहबाज गिललाई हिरासतमा लिएकाे र दुर्व्यवहार गरेकाे भन्दै […]

इमरान खान विरुद्ध मुद्दा दायर

काठमाडौं ।  पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान बिरुद्ध पाकिस्तानी प्रहरीले आतंकवाद ऐन अन्तर्गत मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिनु देशको आतंकवाद विरोधी ऐन उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । गत शनिवार खानले सार्वजनिक भाषणमा इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी […]

इमरान खान नौ क्षेत्रबाट चुनाव लड्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विधानसभाको रिक्त स्थानका लागि हुन लागेको निर्वाचनमा नौ निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् ।  पाकिस्तान तेहरिक आइ –इन्साफ (पिटिआई) का प्रमुख रहेका खानले उपचुनाव हुन लागेका सबै...

निर्देशनबाट पुनरागमन गर्दै इमरान खान

मुम्बई/ फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भाञ्जासमेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् ।इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनित पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । फिल्म असफल भएपछि उनी पनि अभिनय करियरबाट टाढिएका

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौं, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको स

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत

पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो। ६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्। यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया […]

इमरान खान मिडियाविरुद्ध खनिएपछि…

एजेन्सी, ७ चैत्र । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पछिल्लो समय देशको मिडियाविरुद्ध खनिन थालेका छन् । उनले मिडियाले देशबाहिरबाट रकम पाइरहेको आरोप समेत लगाएका छन् । नाम उल्लेख नगरी विभिन्न उद्देश्यका देशभित्रका संस्था र बाहिरी मुलुकबाट रकम प्राप्त गरिरहेको आरोप लगाएका हुन् । खानले यस्तो आरोप लगाएपछि पाकिस्तानको पत्रपत्रिकाका सम्पादकहरुको संगठन द काउन्सिल अफ पाकिस्तान […]

इमरान खान सरकारको विरोधमा पिपिपीको विरोध मार्च

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का कार्यकर्ता र समर्थकहरूले प्रधानमन्त्री इमरान खान सरकारको विरोधमा कराँचीबाट इस्लामाबाद तर्फ लामो मार्च सुरु गरेका छन्। सरकारले देशको विश्वास गुमाएको आरोप लगाउँदै उनीहरुले पहिला दश...

किन गए इमरान खान साउदी अरब?

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिने भ्रमणमा हिजो शुक्रबार त्यता पुगेका छन्। दुई देशबीच वर्षौंदेखि रणनीतिक सम्बन्ध बलियो भए पनि क्षेत्रीय मुद्दाबारे हालैका दिनमा मनमुटाव पैदा भएको छ। २०१८ मा पाकिस्तान आर्थिक तनावमा रहेका बेला साउदीले तीन अर्ब २० करोड डलर ऋण दियो। तर पनि दुई देशबीच सफा सम्बन्ध बन्न नसकेको अवस्थामा खान साउदी गएका हुन्।