बैतडी : ६ दिनअघि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ।शनिबार शव परीक्षणको काम सम्पन्न भएको भए पनि आफन्तले शव बुझ्न नमानेकाले शव जिल्ला अस्पतालमै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।बलात्कारपछि हत्या भएको पुष्टि भएको भए पनि हत्यारा पत्ता नलागेकोले परिवारले शव बुझेका छैनन्। घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बत