कमेडियन खबपु दुर्घटनामा घाइते

काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् ।काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले बताए ।‘खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’ खबपु दुर्घटना परेको ठाउँको बाटो

सम्बन्धित सामग्री

कमेडियन दुर्घटना अपडेट : सुशान्तलाई आईसीयुमा सारियो

काठमाडौं- गत शुक्रबार भएको कार दुर्घटनामा घाइते भएका हास्य कालाकार सुशान्त बस्यालको अवस्थामा केही सुधार आएको छ । मध्यपुर ठिमी अस्पतालमा उपचररत बस्याललाई भेन्टिलेटरबाट आइसीयूमा सारिएको छ । उनको उपचारमा संलग्न चिकित्सले खबरहबसँग भने, ‘उहाँलाई यहाँ लगाउँदा सर्जरी नगरी नहुने अवस्था थियो, ज्यान नै गुम्ने जोखिम थियो । हाम्रो टिमले सर्जरी गरेका छौं ।’ सुशान्तका […]