जलवायु परिवर्तनको नारासहित कान्तिपुर हाफ म्याराथनको १०औँ संस्करण जेठ २१ गते हुने भएको छ । कोभिड–१९ को कारण दुई वर्षपछि आयोजना हुन लागेको हो । यस संस्करणको प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्विलचियर दौड विधा समावेश गरिएको छ । आयोजकले शनिबार यस संस्करणमा करिब चार हजार धावक सहभागी हुने जनाएको छ ।