यु–१९ महिला साफ च्याम्पियनसिप : भारतलाई रोके नेपाल फाइनलमा

सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । बंगलादेशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन । आइतबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर

सम्बन्धित सामग्री

यु-१५ महिला साफ च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै

काठमाडाैँ – बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

महिला साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ– नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता […]

छैटौँ महिला साफ च्याम्पियनसिप : समूह विजेतासँगै नेपाल सेमिफाइनलमा

नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२२ को समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । डेंगुले सुरुका ११ मध्ये दुई मुख्य खेलाडी बाहिर रहँदा पनि नेपालले...

महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्  ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

महिला साफ च्याम्पियनसिप : बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो

काठमाडौं – महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण भोलि सोमबारबाट सुरु हुने छ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ […]

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो । एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् । एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्न...

महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने

महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो । अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का […]

महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त […]