भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्टलाई बलात्कार समेत गरेको आरोपी दिनेश भट्टले स्वीकारेका छन् । सरकारी वकिल समक्ष बिहीबार दिएको बयानका क्रममा उनले आफूले बलात्कार समेत गरेको स्वीकारेको स्रोतले लोकान्तरलाई बतायो । ‘उनले आफ्ना बाबुको रोहवरमा सरकारी वकिललाई दिएको बयानमा बलात्कार गरेको स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले एक पटक वीर्य स्खलन भएको समेत बताएका छन् । बयानका क्रममा साक्षी बसेका दिनेशका बुबाले छोराले बोलेको कुरा साँचो रहेको भनि सहीछाप गरेको स्रोतको भनाइ ...

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश - Purbeli News

बैतडी / किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८...

भागरथी हत्या प्रकरण : सीडीओ, सरकारी वकिल, सीआइबी र एसएसपीको टोली घटनास्थलमा

बैतडीको दोगडाकेदार गाउँपालिका–कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपीसहितको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीसहितको टोलीले अनुसन्धान गरिरहेका अवस्थामा थप सहयोगको लागि एसएसपी जनक पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी मुकेश  सिंहले बताए । ‘यसभन्दा अगाडि कुकुरसहितको टोली अनुसन्धानको लागि गएको थियो । थप अनुसन्धानको लागि एसएसपी साबको टोली पनि गएको हो,&...