नारायणी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

७ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको तेस्रो लहरमा यो नै पहिलो मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ ६ गते गरिएको एन्टिजेन […]

सम्बन्धित सामग्री

कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु

रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज  कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि  नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए । कोरोना संक्रमणका कारण  मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

वीरगञ्जमा कोरोनाको भयावह रूप : दोस्रो लहरमा १० जनाको मृत्यु

२ नम्बर प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज शहर कोरोनाको ‘हटस्पट’ बन्दैछ । कोरोनाको दोस्रो लहर आएपछि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संजयकुमार ठाकुरका अनुसार अहिले ४० जना जति कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएका छ...

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएको छ । नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार अस्पतालको आइसोलेसन वार्डमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएकोे हो । ज्वरो र खोकीले सिकिस्त भएपछि उपचारको लागि नारायणी अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र शनिबार नै अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

बाराकी ५५ वर्षीया कोरोना संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु

वीरगंज : बाराकी एक जना ५५ वर्षीया कोरोना संक्रमित महिलाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। उनको आज साँझ सवा ७ बजे नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिला रहेकी छिन्। मधुमेह तथा उच्च रक्तचापकी बिरामी महिला सोमवार