पूर्व सूचना प्रणालीको बेवास्ताले ठूलो क्षति

कैलाली । गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।       टीकापुर नगरपालिका–८ वनगाँउका आशाराम कुश्मीको मोबाइलमा पनि सूचना आएको थियो । उनले त्यो सूचना हेरे । तर त्यसको पर्वाह भने गरेनन् । पूर्व सूचना प्रणालीका माध्यमबाट सूचना पाएका कुस्मीले त्यो कुरा अरूलाई पनि भनेनन् । अन्ततः बाढी आयो कुश्मीलगायत वनगाउँका बासिन्दालाई घरको अन्नपात, पशु चौपाया, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निकै समस्या भएको भयो । ‘सूचना प्रणालीको पहुँचमा अझै पनि सबै नागरिक नभएकाले पूर्व सूचना प्रणाली प्रभावकारी हुन सकेको छैन, थाहा भएका नागरिकले अन्य नागरिकलाई सुसूचित गर्नुपर्ने रहेछ भन्ने ज्ञान भएको छ,’ उनले भने, ‘कहिलेकाहीँ मोबाइलमा नेटवर्कको समस्या छ, कामकै व्यस्तताले सूचना प्रणालीमार्फत पाएको सूचनालाई अवलम्बन गर्न सकिएको छैन ।’ सोही ठाउँका स्थानीयवासी धर्माबहादुर थारूले बाढीको पूर्व सूचना प्रणालीलाई समयमै अवलम्बन गर्न नसकेकै कारण बढी जोखिम हुने गरेको बताए । त्यसबाट बालबालिका, खाद्य बस्तु तथा पशु चौपायाको व्यवस्थापनमा चुनौती हुने गरेको उनको भनाइ छ ।     ‘सूचना नपाएकै भन्न मिल्दैन, हामीले बाढी नआएसम्म त्यसको पर्वाह नगरेका मात्रै हौं,’ उनले भने, ‘समुदायमा जनसंख्याको अवस्था हेरेर सूचना प्रणालीको प्रयोग गर्न आवश्यक छ, सूचना पाएकाले सतर्कताको मानसिकता बनाइसकेका हुन्छन्, सूचना नपाएका बढी प्रभावित हुने गरेका छन् ।’ टीकापुर–४ की रामदुलारी चौधरीले बर्सेनि बाढीबाट समस्यामा पर्दै आएको भन्दै घरभित्र र बाहिरको सामान व्यवस्थापन गर्दै समय जाने गरेको बताइन् । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि कर्णाली नदी बाढीको मुख्य समस्या भएको बताए । विपद्को जानकारी गराउँदा पनि आफ्नो आँगनमा पानी नपुग्दासम्म स्थानीयवासीले पूर्व तयारीमा जुट्न नसक्नु नै अर्काे समस्या भएको उनको भनाइ छ । यस्तै जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पूर्व सूचना प्रणालीका आधारमा प्राप्त भएको सूचनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरिँदै आएको बताए । तर त्यसको कार्यान्वयनमा बेवास्ता गर्दा बढी क्षति हुने गरेको उनको बुझाइ छ । भजनी नगरपालिका विपद् फोकलपर्सन खेमराज पनाडीले सूचना प्राप्त भए पनि नागरिकको बेवास्ताका कारण पूर्व सूचना प्रणाली नै प्रभावकारी नभएको बताए । समस्या आइपरेपछि मात्रै नागरिकमा चेतना आउने गरेको उनले सुनाए । यस्तै जोशीपुर गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी महतोले विपद्का घटना दिउँसोभन्दा रातिको समयमा बढी हुने गरेको भन्दै बालबालिका र ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले विपद्का घटना नसोचेकै समयमा पनि हुने गरेकाले पूर्व सूचना प्रणालीलाई सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले सूचना प्रणालीलाई प्रभावकारी बनाउन गाउँका बडघरलाई सूचित गराउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री स्वरोजगारमा आबद्ध भएका युवालाई विपद्सँग जोड्न आवश्यक रहेको बताए । रासस

सम्बन्धित सामग्री

बाढीले मुस्ताङको कागवेनीमा ठूलो क्षति

पोखरा-पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारस्थित कागखोलामा आइतबार राति ७ बजेर ४० मिनेटमा एक्कासि बाढी आएको थियो । बाढीका कारण कागबेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल बगाएको छ । बजार क्षेत्र लेदोमग्न भएको छ । पूर्व सूचना गराएका कारण भने मावनीय क्षति हुनबाट भने जोगिएको छ […]

आगलागीबाट १३ लाखको क्षति

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी […]

पहिरोले दोलखामा चार घरमा क्षति, झन्डै ५० घर जोखिममा

काठमाण्डाै - दोलखामा गएरातिको पहिरोले चार घरमा क्षति पुगेको छ । बिगु गाउँपालिका-४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको र त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यहाँका सूचना अधिकारी सानु तामाङका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् । अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरोको खसेको स्थानीय बासिन्दाले बताएका छन् । यसअघि गएको २...

सूचना प्रविधि प्रयोगशालामा आगजनी

सर्लाहीको बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आदर्श माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ । ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४  कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेको छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ । यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक ताल्चा फुटा

धानमा ठूलो क्षति भोगेका किसानले पाएनन् भारी वर्षाको सूचना

३ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति भोगेका किसानले मौसमबारे समयमा सही सूचना नपाएको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनसुन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई कृषि मौसमबारे सूचना दिन्छन् । तर यी निकायले पछिल्लो हप्ता जारी गरेको मौसम बुलेटिन अस्पष्ट छ । असोज २८ […]

कञ्चनपुरमा पूर्वसूचनाले क्षति कम

दुर्गा उपाध्यायकञ्चनपुर । प्राकृतिक विपत्ति सम्बन्धि पूर्व सूचना दिने प्रविधिले कञ्चनपुरमा बाढीबाट हुने जनधनको क्षति निकै कम भएको छ । गत शुक्रबार दोदा नदीमा आएको बाढीका बारेमा स्थानीयले पूर्व सूचना पाएकाले आवश्यक तयारी गर्न भ्याउँदा निकै कम मात्रै क्षति भएको हो । गत शुक्रबार मध्यरातमा कञ्चनपुरको पुर्नवास नगरपालिका– ५ सिमरीका दिनदयाल रानालाई आफन्तको फोन आयो […]

मेलम्चीमा बाढीको सूचना दिने साइरन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ ।  साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ ।यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

मेलम्ची नगरपालिकाद्वारा बाढीको सूचना दिने साइरन जडान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।

बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति

काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं […]