हाम्रो वैवाहिक जीवनको प्रगाढ प्रेम सम्बन्धको प्रतीक, हामी दुवैको एकअर्काप्रतिको समर्पणको सुन्दर रूप मरी हाम्री छोरी हो भन्ने थाहा हुँदाहुँदै ऊ डिएनए टेस्ट गराउन जाँदैन भन्नेमा म विश्वस्त थिएँ। तर त्यस्तो भएन। ऊ डिएनए टेस्ट गराउन राजी भयो। उसले मसँग चिटिङ गरेको प्रमाणित भयो। आफूले मन पराएर विवाह गरेको मान्छे यतिसम्म निच होला भन्ने लागेको थिएन। तर भइसकेछ।