महन्थ ठाकुर पक्षमा बहस– नयाँ पार्टीमा एकजना अध्यक्ष रहने कि दुईजना ?

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाइसकेपछि महन्थ ठाकुर पक्ष तत्काल जसपा नेपालमै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको छ । नयाँ पार्टी गठन प्रक्रियामा खुलेर लाग्दा संघीय तथा प्रदेश सांसद एवं पालिकाका निर्वाचित पदाधिकारीको पद जाने डरले तत्काल नयाँ पार्टीमा गठनमा संलग्नता नदेखाए पनि सो पक्षले नयाँ पार्टी गठनको अभ्यास सुरु गरेको छ ।नयाँ पार्टीमा एउटा अध्यक्ष राख्ने कि दुईवटा भन्नेबारे सो पक्षमा बहस भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार महन्थ ठाकुर पक्षका नेताहरु एकल अध्यक्ष

सम्बन्धित सामग्री

प्रदीप ज्ञवालीको कटाक्ष- मंसिर ४ पछि गठबन्धनका दुईजना प्रधानमन्त्री बन्ने हो ?

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका नेता एवं गुल्मी १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेको शक्तिबाट डराएर नेतैनेताको गठबन्धन बनेको आरोप लगाएका छन् । ‘एमालेको ताकतसँग सबै दल डराएका छन् । केपी शर्मा ओलीलाई गफाडी भन्ने आरोप लगाएका छन् । गफाडी नै भन्ने हो भने शेरबहादुर, प्रचण्ड, माधव नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई, वामदेव गौतम […]

‘मन्त्रीबाट हटाउने विषय मुख्यमन्त्रीको अधिकारको कुरा हो’

जनता समाजवादी पार्टी नेपालमा देखिएको आन्तरिक विवादको असर केन्द्रमा मात्र होइन, प्रदेशसम्म देखिएको छ  । शनिबार केन्द्रीय सरकारमा महन्थ ठाकुर पक्षका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथग्रहण गरेपछि आइतबार प्रदेश २ मा उपेन्द्र यादव पक्षको प्रदेशसभाको संसदीय दलको बैठकले महन्थ ठाकुर पक्षका जितेन्द्र सोनलसहित अन्य तीनजना राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेको छ । यी दुई घटनाले जसपा नेपाल दुई चिरा बनेको प्रष्ट रुपमा देखिएको छ । महन्थ ठाकुर पक्षमा प्रदेशमा २५ जना सांसद थिए । जसमध्ये सातजना सा

मन्त्रीको नाम चयन गर्न महन्थले थाले छलफल

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पार्टीभित्र मन्त्री नाम टुङ्गो लगाउन छलफलमा जुटेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा सरकारमा जाने सहमति भएसँगै जसपा (ठाकुर पक्ष) का नेताहरु मन्त्री छान्न सक्रिय भएका हुन् । आठजना मन्त्री र दुईजना राज्यमन्त्री पाउने पक्का भएपछि मन्त्रीको नाम चयन गर्न छलफलमा जुटेको अध्यक्ष ठाकुर निकट एक नेताले बताए ।सरकारमा जाने तय भएसँगै जसपा नेपालमा मन्त्रीका आकांक्षी बढेको छ । जसले नाम चयन गर्न सकस भएको छ । पार्टीका शीर्ष

विभाजनको डिलमा जसपा, एकअर्कालाई कारबाहीको होडबाजी

दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।  त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।  एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध ...

महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो ।  तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई

सदनमा उपेन्द्र र महन्थको बराबर मत, दुई–दुईजना सांसद यताउता

काठमाडौँ वैशाख २७–आजको प्रतिनिधिसभाका विशेष अधिवेशनमा जनता समाजवादी पार्टी सांसदको मत विभाजन भएपनि दुवै पक्ष बराबर देखिएका छन् ।जनता समाजवादी पार्टीमा ३२ जना सांसद छन् त्यसमध्ये अध्यक्ष उपेन्द्र यादव नेतृत्व गरेका पूर्व समाजवादीका १६ र अध्यक्ष महन्थ ठाकुर नेतृत्व गरेका पूर्व राजपा नेपालका १६ रहेका छन् । तर सदनमा आज भएको मतदानको क्रममा महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र चन्द्रकान्त चौधरी उपेन्द्र यादवको पक्षमा गएका छन् भने उपेन्द्र यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तव महन्थ ठाक

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका हुन् भने कार्यकारिणी सदस्य यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् ।  देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुईजना नेता द...

जनता समाजवादीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भएर बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन् । महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने गरी आयोगमा दल दर्ताको निवेदन दिइएको छ ।