हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ ।नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्‍ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.

सम्बन्धित सामग्री

११.११ अभियानका लागि हिमालयन बैंक र दराजबीच सम्झौता

काठमाडौँ – हिमालयन बैंक र दराजबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ। सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन्। ग्राहकले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत […]

हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि&nda

हिमालयन बैंकको अमेरिकन एक्स्प्रेस प्रिपेड र क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकले अमेरिकन एक्स्प्रेससँगको सहकार्यमा नेपालमा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड भ्रमण गर्ने तथा विभिन्न सामानहरु खरिद गर्ने खरिदकर्ता तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य […]

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको २ वटा कार्ड सार्वजनिक, यस्ता छन् विशेषता

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले  दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ । नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएका हुन्। हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरु तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरि जारी गरिने बैंकले जनाएको छ। उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्ने बैंकले उल्लेख गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेससंग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरि दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गरे । उक्त कार्डहरुले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरि प्रत्येक कारोवारमा फाइदा प्रदान गर्ने उनले बताएक छन्।अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरु को सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताईन् ।  यो कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसंग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरुले पूर्णरुमा विभिन्न लाभका अवसरहरु लिन सक्ने बनले जनाएको छ । उच्च शिक्षा अध्ययनको लागि पनि यहि समयमा विद्यार्थीहरु विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्ने बैंकले उल्लेख गरेको छ।बैंकका अनुसार  हिमालयन बैंक अमेरिकन एक्स्प्रेस केडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५०% वा बढीमा ने.रु. ३,०००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने छन् । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५०% वा बढीमा ने.रु. २,४००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। त्यस्तै  केडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा होटलका तर्फ बाट १ रात निःशुल्क प्राप्त गर्ने, युनाइटेड कलरस् अफ बेनेटनमा सामान खरिद गर्दा १०% छुट प्राप्त गर्ने, स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५% छुट प्राप्त गर्ने, मिसियोमा ३३% छुट र एपिक माउन्टेन बाइकस्मा १०% सम्मका छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रिपेड कार्ड प्रयोगकर्ताहरुले संसारभरीका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन्, भने www.rentalcars.com बाट बुकिङ्ग गर्दा १०% छुट र एभिस कारस्मा बुकिङ्ग गर्दा १५% सम्मको छुट प्राप्त गर्न सकिने छ। त्यस्तै कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५% सम्मको छुट, मिसियोमा ३३% छुट र www.booking.com मा ४०% सम्मको छुट प्राप्त गर्न अकने बैंकले जनाएको छ ।

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ । नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्‍ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स...

हिमालयन बैंकको एससीटी युनियनपे कार्ड सेवा

काठमाडौं (अस) । हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवा सुरु भएको छ । भिडियो कन्फ्रेन्समार्फत सञ्चालित कार्यक्रममा नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्ने गरी यो कार्ड सेवा सञ्चालन गरिएको हो । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यावसायिक सिलसिलमा जाने व्यापारी व्यवसायीका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंकले बताएको छ । एचबीएल युनियनपे एससीटीको ब्रान्डेड कार्ड सेवा ग्राहकका लागि जारी गरेकामा युनियनपेका प्रतिनिधिले धन्यवाद दिएको बैंकले जानकारी दिएको छ । निकट भविष्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्युआर तथा वालेटमा स्वीकार्य हुने बताइएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले युनियनपे तथा एससीटीसँग सहकार्य गरी एचबीएल युनियनपे एससीटी कार्ड सञ्चालनमा ल्याइएको बताए । हिमालयन बैंक अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे सेवा सञ्चालन गरिरहेको र छिट्टै डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार्ने एक मात्र बैंक हुने जिकिर गरे । हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि सञ्चालनमा रहेको छ । सन् २०१८ देखि क्यूपे वालेट सञ्चालन गर्दै आएको एससीटी नेपालमा युनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था हो ।

हिमालयन बैंकको कार्ड हुनेले ७५ स्थानमा छुट पाउने, ३५ प्रतिशतसम्म छुट

काठमाडौं। हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं, पोखरा र चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था