पम्फा भुसाल- हाँस्दै भोट माग्दै

मतदातासँग भोट माग्दै वाम गठबन्धनकी ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसाल । भुसालले शुक्रबार बिहान ललितपुर

सम्बन्धित सामग्री

ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो । डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपाल...

पम्फा भुसाल भन्दा डा तोसिमा कार्कीको मत दोब्बर बढी, खड्काको कति?

त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रोमा छिन्। उनले २ हजार ५४१ मत प्राप्त गरेकी छन्।

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।  यसअघिको […]

ललितपुरको निर्वाचन क्षेत्र-३ मा एमालेलाई अग्रता, पम्फा भुसाल चौथो स्थानमा

ललितपुर - ललितपुरको निर्वाचन क्षेत्र ३ मा एमालेलाई अग्रता छ । एमालेका उम्मेदवार अमृत खड्काले अहिलेसम्म ५ सय १३ मत पाउनु भएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ४ सय ९८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किरण शाही २ सय ९६ मतसहित तेस्रो स्थानमा रहँदा माओवादी केन्द्रकी पम्फा भुसाल एक सय ९ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

स्वतन्त्रको धरातलै छैन, मेरो जित निश्चित छ : पम्फा भुसाल

२०७४ सालको संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुसाल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी छिन् । शहरी मतदाताको मनोविज्ञान, ललितपुर नगरका समसामयिक सवालहरू माथि भुसालको दृष्टिकोणका सम्बन्धमा अनलाइनखबरकर्मी दिपेश शाहीले गरेको कुराकानी : प्रचारप्रसारको समय आजदेखि सकिंदैछ, आफ्नो निर्वाचन क्षेत्रको माहोल कस्तो पाउनुभएको छ ? यो निर्वाचन बढी उम्मेदवार […]

ललितपुर-३ : पम्फा भुसाल र अमृत खड्का मुख्य प्रतिस्पर्धी

पाटन, ३० कात्तिक, (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी […]

मबाहेक सबै उम्मेदवार खाली कागज हुन्, एक इन्च पनि काम गरेका छैनन्ः पम्फा भुसाल

काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ललितपुर ३ की उम्मेदवार पुष्पा भुसालले आफूलाई नेपाली कांग्रेसको मतमा कुनै शंका नभएको बताएकी छन् । ‘ललितपुर ३ मात्र होइन, जिल्लाभरि नै गठबन्धनका उम्मेदवारले जित्छन् । यहाँका मतदाता एकदमै सचेत हुनुहुन्छ । अब गठबन्धनकै सरकार बन्छ । प्रधानमन्त्री पनि गठबन्धनकै हुन्छ । मुलुकको आर्थिक क्रान्ति […]

हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो : पम्फा भुसाल

काठमाडौँ, ११ पुस। नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन्। आज (आइतबार) माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। सम्बोधन गर्दै उनले भनिन्,‘क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं। समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं। हामीले सहकार्यमार्फत् आमुल […]

माओवादीका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।  नेपाली कांग्रेसका तर्फबाट पनि आज २ जनाले मन्त्रीको शपथ लिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाको शपथ राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि तय भएको छ ।