काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। बिजुक्छे पत्नी शोभाको बुधबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिइन्। रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाको बिजुक्छेसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा छन्।