मध्य भोटेकोशीको आईपीओमा ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि पर्‍यो आवेदन

साउन १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  सोमवार साँझ सम्म ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि आवेदन परेको छ ।  विक्री प्रबन्धकका अनुसार सोमवार साँझसम्ममा १८ हजार ९२८ जनाले ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले साउन ५ गते देखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ ,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आइपीओ छुट्याइएको छ । उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्म आवेदन गर्न सक्नेछन् ।विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौमा  सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सक्नछन् । साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिने छ ।  कम्पनीले यसअघि वैशाख २१ गतेदेखि विक्री खुला गरेकोमा कोरोनाभाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि आईपीओ विक्री स्थगित गरिएको थियो । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।