पुनरागमन गर्दै फेरि बराबरीमा रोकियो आर्मी, १० खेल खेल्दा ६ खेलमा बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र जावलाखेल १-१ गोलको बराबरीम रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता बनाएको थियो। खेलको ५३ औं…

सम्बन्धित सामग्री

दुई आत्मघाती गोलमा बराबरीमा रोकियो युनाइटेड

काठमाडौं : युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभियाले बराबरी खेलेका छन्।गएराति भएको खेलमा युनाइटेड र सेभियाले २–२ गोलको बराबरी खेले। दोस्रो हाफमा दुई आत्मघाती गोलले युनाइटेड बराबरीमा रोकियो। खेलको १४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। २१ औं मिनेटमा सबिट्जरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।तर, खेलको ८४ औं मिनेटमा युनाइटेडका ट्रेल मालासियाले आत्मघाती गोल गरेपछि खेल २&nda

निर्धारित समय मोरक्कोसँग बराबरीमा रोकियो स्पेन, अतिरिक्त समयमा धकेलियो खेल

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन मोरक्कोबिचको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ। अब खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ। त्यसमा पनि बराबरी भए दोस्रो पटक खेल पेनाल्टी सुटआउटबाट टुंगिने छ। खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केहि राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको […]

बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति फ्रान्कफुर्टको मैदानमा भएको खेलमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा टोरेसले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको […]

बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियासँग बराबरी खेलेको छ । सेभियाको मैदानमा गएराति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । सेभियाका लागि पापु गोमेजले खेलको ३२ औं मिनेटमा गोल गरे । यस्तै, बार्सिलोनाका रोनाल्ड अरुजोले ४५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा […]

बार्सिलोना बराबरीमा रोकियो

६ भदौ, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो । घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे । ७५औं मिनेटमा […]

बराबरीमा रोकियो बार्सिलोना

मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।खेलको ५० औँ मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औँ मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । यसबीच दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो भने थुप्रै गोलका अवसरहरू खेर गएको थियो ।खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विल

आर्सनल बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग क्लब आर्सनल मैत्रीपूर्ण खेलमा  स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरीमा रोकिएको छ। शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो। घरेलु टोलिविरुद्ध दुई पटकको अग्रता उल्टाएर आर्सनलले बराबरी खेलेको हो। प्रि-सिजनको तयारी अन्तर्गत आर्सनलले रेन्जर्ससँग मैत्रीपूर्ण खेल खेलेको हो।

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

विश्वविजेता फ्रान्स हंगेरीसँग बराबरी खेल्न बाध्य बनेको छ । शनिबार राति समूह एफ अन्तरगतको खेलमा फ्रान्स र हंगेरीबीचको खेल १–१ को बराबरीमा सकिएको हो ।खेलमा हंगेरीले अप्रत्यासित अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एन्टोनी ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे ।त्यसपछि फ्रान्सले जीतका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । दुई खेलमा एक जीत र एक बराबरीसहित फ्रान्सको ४ अंक रहेको छ । हंगेरीको १ अंक रहेको छ ।

वेल्ससँग बराबरीमा रोकियो स्वीटजरल्याण्ड

युरो कप अन्तरगत समूह ए को समूह चरणको खेलमा वेल्स र स्वीटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । खेलको ७४ औँ मिनेटमा केइफर मुरले बराबरी गोल गर्दै वेल्सका लागि एक अंक बटुल्न सफल भएका हुन् ।बाकुमा खेलिएको खेलमा स्वीटजरल्याण्डले नियन्त्रण बनाए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरुवातमा नै ब्रिल एम्बोलोले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि, मुरले बराबरी गोल फर्काउँदै वेल्सलाई खेलमा फर्काए । खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि