काठमाडौँ । अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) उक्त व्यवस्था गरेको हो । विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैङ्कले उक्त निर्देशन जारी गरेको हो । हाल दैनिक २० किलोका दरले सुन आयात हुँदै आएको छ ।