‘इजलास बहिष्कार गर्ने न्यायाधीशहरुविरुद्ध रिट दायर’

काठमाडौं, ११ कार्तिक । ईजलास बहिष्कार गर्ने सर्वोच्च अदालतका न्यायाधिशहरुविरुद्ध सर्वोचच अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु मेरिसा चाम्लिङ राई र सिरिष्मा घिमिरेले न्यायाधीशहरुले इजलास बहिष्कार गरेर अदालतभित्र राजनीति गरेको र जनतालाई न्याय दिने कुरा प्रभावित पारेको भन्दै आज रिट दायर गरेका हुन् । उनीहरुले न्यायाधीहरुको काम भनेको न्याय दिने भएको भन्दै इजलास बहिष्कार […]

सम्बन्धित सामग्री

क्यानको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं (अस) । एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ईपीएलद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिअनुसार क्यानले फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताको रूपमा स्वीकृति नदिने निर्णय गरेकाले त्यसविरुद्ध रिट दायर गरिएको हो । यसअघि क्यानले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल टी–२०’ लिग आयोजना गर्ने निर्णय गरेको थियो । क्यानको उक्त निर्णयविरुद्ध ईपीएलका टिम मालिकहरूले प्रतियोगिता आयोजनाको स्वीकृति नपाए क्यानका सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए । त्यसपछि क्यानले ईपीएलको चेतावनीप्रति खेद प्रकट गरेको थियो । साथै क्यानको बोर्ड बैठकले नेपालमा एकमात्र आधिकारिक लिग हुने, अन्य लिगलाई राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रीय लिगको व्यवस्था गर्ने निर्णय गरेको थियो । ईपीएलको विज्ञप्तिमा क्यानका बारेमा धम्कीपूर्ण ढंगले सार्वजनिक टिप्पणी दिइएको भन्ने आरोप अस्वीकार गरिएको छ ।

मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाण्डाै – मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताले संयुक्त रूपमा सर्वोच्च अदालतमा आज शुक्रवार रिट दायर गरेका हुन् । अधिवक्ता कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गर्नुभएको छ । सर्वोच्चका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्का...

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै रिट दायर भएको छ। अधिवक्ता कृष्ण प्रसाई, तोयानाथ ढुंगानालगायतले १५ न्यायाधीशविरुद्ध दायर गरेको रिटमा शुक्रबारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ। सर्वोच्च प्रशासनले भने रिट दर्ता भइनसकेको र प्रक्रियामा रहेको जनाएको छ।न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परम