क्रेज्किकोभालाई पहिलो ग्राण्डस्लाम उपाधि

एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले रूसकी एनास्टासिया पाभ्लेयुचेन्कोभालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेकी छन्। २५ वर्षीया क्रेज्किकोभाले ३१औं वरियाताका पाभ्लेयुचेन्कोभालाई ६–१, २–६, ६–४ को सेटमा हराएकी हुन्। ग्राण्डस्लाममा पाँचौं पटकको प्रयासपछि क्रेज्किकोभा उपाधि जित्न सफल भएकी हुन्। उनको युगल प्रतिस्पर्धामा पनि उपाधि जित्ने सम्भावना छ।

सम्बन्धित सामग्री

साबालेन्काले जितिन् पहिलाे ग्राण्डस्लाम उपाधि

१४ माघ, काठमाडौं । बेलारुसकी आर्यना साबालेन्काले करियरकाे पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी छन् । विश्व नम्बर पाँच टेनिस खेलाडी साबालेन्काले शनिबार अष्ट्रेलियन ओपनकाे फाइनलमा एलेना राइबाकिनामाथि पुरागमन जित निकाल्दै पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी हुन् । मेलवर्नमा भएकाे फाइनलमा पहिलाे सेट राइबाकिनाले ६-४ ले जित्दै अग्रता लिएकी थिईन् । तर २४ वर्षीया साबालेन्काले त्यसपछिका दुई सेट […]

युएस ओपन टेनिसको उपाधि इगा सिवाटेकलाई

काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा शनिबार राति भएको फाइनल खेलमा सिवाटेकले ट्युनिसियाकी ओन्स जबिउरलाई ६-२ र ७-६ ले हराउँदै उपाधि जितेकी हुन् । सिवाटेकले यो उपाधि वर्षको दोस्रो ग्राण्डस्लाम उपाधि हो भने समग्र करियरमा तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि दुई पटक […]

नाडालले जिते २२औं ग्राण्डस्लाम उपाधि

२३ जेठ, काठमाडौं । स्पानिस टेनिस स्टार रफायल नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन् । ३६ वर्षीय नाडालले आइतबार फ्रान्सको पेरिसस्थित रोलान्ड ग्यारोमा भएको वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगितामा नर्वेका क्यास्पर रुडलाई ६-३, ६-३, ६-० ले सहजै पराजित गर्दै यस वर्षको दोस्रो र समग्रमा १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका […]

पोल्याण्डकी इगा स्वीयाटेकले जितिन् फ्रेन्च ओपन उपाधि

२२ जेठ, काठमाडौं । शीर्ष वरीयताकी इगा स्वीयाटेकले अमेरिकी कोको गफलाई सोझो सेटमा पराजित गरी वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको उपाधि जितेकी छन् । उनको करिअरको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । पोल्याण्डकी २१ वर्षीया इगाले अमेरिकी किशोरीमाथि ६–१ र ६–३ को सेटमा जित निकालिन् । डब्लूटीए मान्यताप्राप्त प्रतियोगितामा उनको यो लगातार ३५औं जित हो […]

टेनिसका सर्वाधिक सफल खेलाडी नाडाल

१७ माघ, काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफेल नाडालले आइतबार मेलवर्न पार्कमा सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा रसियन डानिएल मेदभेदेभलाई हराएर २१औं ग्राण्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाए । दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका नाडाल २१औं ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी बने । उनले अर्का दुई प्रतिस्पर्धी स्वीट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिच भन्दा १ उपाधि बढि […]

२१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै नाडालले राखे कीर्तिमान

१६ माघ, काठमाडौं। स्पानिस टेनिस स्टार राफायल नाडालले २१औ पटक ग्राण्ड्सलामको उपाधि जित्दै कीर्तिमानी कायम गरेका छन् । आइतबार मेलवर्नमा भएको अष्ट्रेलियन ओपनको फाइनलमा रसियाका डानिएल मेदभेदेभविरुद्ध ५ सेट चलेको खेलमा पुनरागमन जित हात पार्दै नाडालले करियरको २१औ उपाधि जितेका हुन्। प्रतिस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी डानिएल मेदभेदेलाई २-६, ६-७, ६-४, ६-४, ७-५ ले पराजित […]

‘जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते आश्चर्य हुनेछ’

एजेन्सी। नोभाक जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते मुख्य आश्चर्य हुने टेनिसका महान खेलाडी जोन म्याकइनरोइले बताए। ३४ वर्षे जोकोभिचले गएराती विम्बल्डनको उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालको कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गरेका छन्। सात पटकका ग्राण्डस्लाम विजेता म्याकइनरोइले भन्छन्, ‘‘जोकोभिच अहिले करियरकै उच्च लयमा छन्। अझै कम्तिमा पाँच उपाधि जित्छन्। दबाव चिर्न गाह्रो हुन्छ। तर जोकोभिचले कीर्तिमान रच्नेछन्।’’

जोकोभिचलाई २० औं ग्राण्डस्लाम उपाधि

विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन्  । उपाधि जित्ने क्रममा जोकोभिचले सातौं वरीयताका माटियो ६-७(४-७),६-४,६-४ र ६-३ को सेटमा पराजित गरे । यससँगै जोकोभिच छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । यस्तै जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । जोकोभिचको यो करियर २० औं ग्राण्डस्लाम उपाधि समेत हो । जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्प...

जोकोभिचले जिते छैटौं विम्बल्डन टेनिसको उपाधि

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेका छन्। ३४ वर्षे सर्वियाका जोकोभिचको यो छैटौं विम्बल्डन उपाधि हो। उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्। जितसँगै जोकोभिचले रोजर फेडेरर र राफेल नाडालको सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गरे। तीनै जनाले २० ग्राण्डस्लाम उपाधि जितेका छन्।

विश्व नम्बर एक जोकोभिच विम्बल्डनको सेमिफाइनलमा

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले हंगेरीका मार्टन फुक्सोभिक्सलाई ३–० को सेटमा हराउँदै विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन्। पाँच पटकका विजेता जोकोभिचले फुक्सोभिक्सलाई ६–३, ६–४, ६–४ को सेटमा हराएका हुन्। सर्वियाका जोकोभिच कीर्तिमानी २० औं पटक ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन्। रोजर फेडेरर र राफेल नाडालले समान २० ग्राण्डस्लाम उपाधि जितेका छन्।