एमाले बैठक सुरु हुन ढिलाइ

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुन ढिलाइ भएको छ । बैठक ११ बजे बस्ने भनेपनि सुरु हुन ढिलाइ भएको हो ।  नेता सुवास नेम्वाङले बैठक अबको केहीबेरमा सुरु हुने बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता नेम्वाङले जानकारी दिए

सम्बन्धित सामग्री

समानुपातिक उमेदवार टुंग्याउन बालकोटमा एमाले बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उमेदवारको टुंगो लगाउने बताइएको छ ।  सचिवालय बैठक शनिबार पनि बसेको थियो । तर, उक्त बैठकमा समानुपातिक बन्द सूचीको कानुनी प्रावधानबारे मात्रै ब्रिफिङ भएको थियो । आजको बैठकले भने...

च्यासलमा एमाले बैठक जारी

काठमाडौंं । नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा धारणा राखेका छन् ।  बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेशै नगरी एमाले बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी कमिटी बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।  बैठक सुरु हुनासाथ...

अझै सुरु भएन एमाले बैठक

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक अझै सुुरु भएको छैन । आज बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक डेढ घन्टा हुँदासम्म बसेको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कार्यव्यस्तताका कारण बैठकमा उपस्थित भइनसकेकाले बैठक सुरु नभएको नेताहरुले बताएका छन् । केही नेताहरु बैठककक्षबाहिर छलफल गरिरहेका छन्...