कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ : बेलायत

काठमाण्डाै - बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ । अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गर्नुभएको छ । भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने...

सम्बन्धित सामग्री

काठमाडौंमा थप १३ लाख १२ हजार मात्रा खोप आइपुग्यो

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आइसकेको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ हजार १६० मात्रा खोप नेपालमा आइपुगेको हो ।

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बेलायत सरकारले २१ लाख ७४ हजार […]

बेलायतमा देखियो नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस

एजेन्सी, ११ मंसिर । बेलायतमा नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस भेटिएको छ । यो भाइरस दुईजनामा भेटिएको उल्लेख छ । अफ्रिकाबाट यात्रा गरेर बेलायत आएकामा उक्त प्रजातिको भाइरस भेटिएको जनाइएको छ । दक्षिण अफ्रिकाबाट भेटिएको नयाँ प्रजातिको भाइरसले विश्वभर सन्त्रास उत्पन्न भएको छ । यूरोप र अमेरिकाका देशहरुले अफ्रिकालगायत नयाँ प्रजातिको भाइरस भेटिएका देशहरुमा यात्रा […]

वैज्ञानिक भन्छन् : बेलायत कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा

१८ जेठ, काठमाडौं । वैज्ञानिकहरुले बेलायत कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिने सुरुवाती चरणमा रहेको संकेत भेटिएको बताएका छन् । बेलायतको सरकारलाई परामर्श दिने टोलीमा सहभागी भएका क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताले नयाँ संक्रमितको संख्या तुलनात्मकरुपमा कम देखिए पनि भारतीय भेरियन्टको कारण बेलायतमा कोरोना संक्रमण गुणात्मक हिसाबले बढ्न सक्ने बताए । गुप्ताले २१ जुनमा […]

संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट

५ माघ, काठमाडौं । पुस पहिलो साता बेलायतबाट आएका ५ जनामा  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको १३ पुसमा पुष्टि भयो । यो नेपालका लागि खतराको संकेत थियो । किनकी बेलायतमा कोरोनाको नयाँ भेरियन्ट (बी.१.१.७) पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराएका थिए । कोरोनाको नयाँ भेरियन्ट […]

कोरोनाको नयाँ संस्करणबाट संकटमा बेलायत, एकै दिन ५७ हजार सात सय संक्रमित थपिए

कोरोना भाइरस (कोभिड–१९) को नयाँ संस्करणको प्रकोपबाट संकटग्रस्त बनिरहेको बेलायतमा शनिवार एकै दिन ५७ हजार सात सय २५ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या निरन्तर बढीरहेकाले बेलायत सरकारले भोलि...

फ्रान्समा भइरहेको त्यो 'डान्‍स पार्टी' जुन बन्यो प्रहरीको टाउको दु:खाई

कोरोना भाइरस फैलदो अवस्थामा फ्रान्समा आयोजित एक गैर-कानूनी डान्स पार्टीमा २५ सयभन्दा बढी मानिसले सहभागिता जनाएका छन्। ब्रिटानीको लिउरोनस्थित एक गोदाममा आयोजित पार्टी विहीवारदेखि अझैसम्म जारी रहेको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार पार्टीमा सहभागी अधिकांश बेलायत र स्पेनका हुन्। उनीहरूले आगो लगाउनेदेखि कार्यक्रम रोक्न गएका प्रहरीविरुद्ध प्रहार गर्नेसम्मका व्यवहार देखाए।…