निर्वाचन मिति घोषणाका लागि आन्दोलन गर्ने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलन तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । बैठकमा आन्दोलन तयारीको विषयमा छलफल हुने बताइएको छ ।