राप्रपा महाधिवेशन प्रतिनिधि निर्वाचन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको छ ।मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

राप्रपा महाधिवेशन : २३५ जना प्रतिनिधि अध्यक्षबाट मनोनित (नामावलीसहित)

राप्रपाको महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ ।यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

राप्रपा महाधिवेशन : कमल थापालाई कोबाट चुनौती ?

८ मंसिर, काठमाडौं । देशका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले जस्तै यही मंसिरमा पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि महाधिवेशन गर्दैछ । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि सोमबारदेखि ३ दिनसम्म हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि […]

राप्रपा महाधिवेशन सर्‍यो

केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अन्तर्गत महाधिवेशन प्रतिनिधि छनोट गर्न दाबी विरोधका लागि समय अपुग हुने भन्दै केही दिन महाधिवेशन सार्न आग्रह गरेपछि राप्रपाले महाधिवेशन १५, १६ र १७ मंसिरका लागि सारेको हो