सुनकोसी–मरिण डाइभर्सनलाई बजेट अभाव हुँदैनः अर्थमन्त्री शर्मा

सिन्धुली, पुस २३ । अर्थमन्त्री जनार्दन शर्माले सुनकोसी–मरिण डाइभर्सन आयोजनालाई बजेटको अभाव नहुने बताएका छन्। ‘सिन्धुलीमा निर्माण सुरु भएको सुनकोसी–मरिण डाइभर्सनलाई २० अर्ब बजेट स्वीकृत गरेको छु,’ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित तेस्रो मरिण महोत्सव उद्घाटन गर्दै मन्त्री शर्माले भने, ‘कुनै पैसाको अभाव हुन दिँदैनौँ।’ सुनकोसी–मरिण डाइभर्सनको सुरुङको काम सुरु भइसकेको जानकारी दिँदै उनले सबै काम […]

सम्बन्धित सामग्री

कोभिड नियन्त्रणका लागि बजेट अभाव छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए ।

पहुँचका आधारमा बजेट विनियोजन गर्दिन : अर्थमन्त्री शर्मा

साउन २८, काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले पहुँचका आधारमा बजेट विनियोजन नगर्ने बताएका छन् ।  राष्ट्रिय सभामा बिहीवार बोल्दै अर्थमन्त्री शर्माले देशभरिको सन्तुलित विकास गर्ने ध्यान आफ्नो रहेको भन्दै डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएता पनि त्यसकै आधारमा बजेट विनियोजन नगर्ने बताए ।  सो अवसरमा उनले संघीय सरकारले २- ४ लाख रुपैयाँका योजना कार्यान्वयन नगर्ने पनि बताए। प्रदेश र स्थानीय तहका अधिकार मिच्ने गरी गरिएका काममा सुधार ल्याइने पनि बताए । उनले ती योजनाको कार्यान्वयनको अधिकार प्रदेश सरकार र स्थानीय तहलाई दिने बताए । मन्त्री शर्माले मानव विकासमा पछि परेका क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्ने पनि बताए।  स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकबाट जोड्ने फाइल तीन वर्षदेखि अर्थ मन्त्रालयमा अड्किएको पाइएको भन्दै उनले त्यसलाई आफूले अगाडि बढाइसकेको पनि बताए । पालिकाको केन्द्र कालोपत्र गर्ने योजनाको एउटा फाइल अर्थ मन्त्रालयमा तीन वर्षदेखि प्रदेश र संघमध्ये कसले सञ्चालन गर्ने भन्ने लडाइँले अगाडि नबढाएको कुरा थाहा पाएको थिएँ, त्यसलाई प्रदेशले नै सञ्चालन गर्न पाउने गरी निर्णय गरेको पनि उनले बताए ।  खोपका लाागि बजेट अभाव हुन नदिने र आवश्यक परे अन्य क्षेत्रको बजेट ल्याएर भए पनि खोप सुनिश्चित गर्ने उनको भनाइ थियो ।