विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

हृदयघातका कारण सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो । मृत्युपछि बिग बोसको १३ औँ सिजनबाट उनीसँग नजिकिएकी शहनाज गिलको पनि चर्चा भइरहेको छ । उनीहरु विवाहको तयारीमा समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रिपोर्टको अनुसार शहनाज र सिद्धार्थ यसै वर्षको डिसेम्बरमा विवाह गर्ने तयारीमा थिए । भारतीय सञ्चार माध्यमले उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेको बताउँदै आएका छन् । मिडिया रिपोर्टका अनुसार सिद्धार्थ र शहनाजले विवाहको तयारीका लागि परिवारलाई बताएका थिए । उनीहरु विवाहका लागि