राप्रपा महाधिवेशन : कमल थापाले गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जारी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमल थापाले मतदान गरेका छन् ।  काठमाडौंको भृकुटिमण्डपमा जारी  महाधिवेशनमा उनले केहीबेरअघि मतदान गरेका हुन् ।  उनले मतदान गर्दै पार्टीको एकता कायम राखी राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सक्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्, राप्रपा एकता महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु। पार्टीको एकता कायम राखि राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकौँ

सम्बन्धित सामग्री