सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।  कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए । रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ ।  जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । 

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो । गत जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन […]