मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

काठमाडौं, बैशाख ७ । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो । मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी […]

सम्बन्धित सामग्री

सुन्दरीजल झर्न थाल्याे दिनकै १७ करोड लिटर मेलम्चीको पानी, माघ १ देखि वितरण

काठमाडौँ : खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ।”उनले लक्ष्यभन्दा पहिले नै  सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे। काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिए

मेलम्चीको पानी वितरण बन्द

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन्।खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए।‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ। अर्बौंको लगा

काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी, २७ करोड लिटर वितरण हुने

काठमाडौं : काठमाडौं काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ। केयूकेएलले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाउन लागेको हो।केयूकेएलका प्रमुख मिलन शाक्यले आइतबार बिहान ११ बजेसम्म काठमाडौंवासीको धारामा पुग्ने जानकारी दिए। प्रणालीमा १७ करोड लिटर पठाएसँगै  उपत्यकामा अब २७ करोड लिटर पानी वितरण हुनेछ।यसअघि वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो।

काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो । यही वैशाख ११ गते काठमाडौंको मीनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने नौवटा भन्डारण केन्द्रबाट एक लाख ७५ हजार...

आइतवारबाट मेलम्चीको १७ करोड लिटर पानी वितरण हुँदै, १ लाख ७५ हजार धारामा आउने

वैशाख १८,, काठमाडौं । आइतवारबाट काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आइतवारदेखि नै मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो । गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने ९ ओटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी वितरण हुने केयूकेएलले जानकारी दिएको छ । गत वर्ष नै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौंमा वितरण शुरु भइसकेको थियो । तर वर्षायाममा मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँधमा ठूलो क्षति पुर्‍याएपछि करीब १ वर्ष पछि पुनः पानी काठमाडौं आएको हो ।

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आज (आइतबार) देखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने केयुकेएलले जनाएकाे छ । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा मेलम्चीको पानी पुगिसक्नेछ । गत वैशाख ११ गते मिन भवनबाट मेलम्चीको पानी […]

काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाण्डौ उपत्यका   खानेपानी   लिमिटेड   (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो । गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो  । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर ...

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताए । उनले भने, “यसअघि कतिपय ठाउँमा पा

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

काठमाडौं (अस) । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो । मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी आएको जानकारी दिएको हो । चैत १५ गते साढे ४ करोड पानी वितरण शुरू गरिएको भए पनि विस्तारै प्रणालीमा राख्दै आएको समितिले सोमवारदेखि पूर्ण क्षमतामै पानी वितरण प्रणालीमा प्रवाह गरेको हो । यससँगै काठमाडौं उपत्यकामा दैनिक २५ करोड लिटर पानी वितरण हुनेछ । मेलम्चीको १७ करोड लिटरबाहेक आन्तरिक स्रोत तथा डीप ट्युबेलबाट दैनिक ८ करोड लिटर पानी वितरण हुँदै आएको थियो । परीक्षणको क्रममा शुरूका दिनमा दैनिक साढे ८ करोड लिटर पानी वितरण प्रणालीमा उपलब्ध गराइएकोमा त्यसमा क्रमिक रूपमा वृद्धि गर्दै सुन्दरीजलमा निर्मित दुवै प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न शुरू गरिएको छ । सोमवारदेखि उपत्यकावासीका लागि वितरण प्रणालीमा दैनिक १७ करोड लिटर पानी उपलब्ध हुने समितिले उल्लेख गरेको छ । पानी पथान्तरणका लागि महŒवपूर्ण पूर्वाधारको निर्माण सम्पन्न भएसँगै १० फागुन २०७७ बाट सुरुङ परीक्षण कार्य आरम्भ गरिएको थियो । परीक्षणको क्रममा २२ फागुन २०७७ मा सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रशोधन गरी आंशिक रूपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो । उपत्यकामा विद्यमान खानेपानीको चरम अभाव अन्त गर्न सहयोग मिल्ने विश्वास समितिको छ । दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड १ हजार १०० लिटर (प्रतिदिन करीब ९ करोड लिटर)भन्दा बढी पानी उपलब्ध छ, जुन नदीको पर्यावरणीय सन्तुलनका लागि अति नै महŒवपूर्ण रहेको पनि समितिले उल्लेख गरेको छ ।