माओवादी केन्द्रको बन्दसत्र सुरु हुँदै, केन्द्रीय कमिटी घोषणा गरिने

नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिका अनुसार आइतबार केहीबेरमै बन्दसत्र सुरु गर्न लागिएको छ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् । बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ भने सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्नेछ ।  स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ । आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तय

सम्बन्धित सामग्री

माओवादीको आर्थिक प्रतिवेदन एकमतले पारित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आर्थिक प्रतिवेदन पारित भएको छ। जारी महाधिवेशनको बन्दसत्रमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पेश गरेको आय, व्ययको आर्थिक प्रतिवेदन पेश गरेका थिए। ढकालले पेश गरेको महाधिवेशन हलबाट उक्त विवरण एकमतले पारित भएको हो।केन्द्रीय कमिटीबारे छलफल  बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पनि पुगिसकेका छन्। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी स्थायी कमिटी सकियो, बन्दसत्र सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ।  केन्द्रीय कमिटीबारे छलफल गर्नको लागि बसेको बैठक सकिएको हो। बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल पनि पुगिसकेका छन्। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटीले नै पदाधिकारी चयन गर्ने भएको छ। बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने भएका छन्। नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्ब

केन्द्रीय कमिटी चयन गरेर माओवादी बन्दसत्र सकिने, पदाधिकारी केन्द्रीय कमिटीबाटै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ। अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै स्थायी कमिटी बैठक जारी रहेको नेता लीलामणि पोखरेलले जानकारी दिए। स्थायी कमिटी सकिएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कम

अध्यक्ष प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै

नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ ।  बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् । बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने  बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको […]

भीम रावलको पखाईमा ओली, अहिले पार्क सफारी होटेल नेता/कार्यकर्ताले भरियो

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । अझैसम्म पनि बन्दसत्र सुरु भएको छैन् । हिजो नै बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका भीम रावलले भने उक्त प्रस्तावको ठाडै विरोध गरेका थिए । उनले पार्टीभित्रको […]

ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक

सौराहा, ११ मंसिर : नेकपा (एमाले) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बज्न लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन । केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो । एमाले अध्यक्ष केपी ओली केही बेरा अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश […]

एमाले महाधिवेशन : चुनाव नगराउने ओलीको मुड, भीम रावलका कारण चुनाव हुने सम्भावना

काठमाडौं, ११ मंसिर । हिजोबाट सुरु भएको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन भने बन्दसत्र सुरु हुँदैछ । हिजो राति अवेर सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या थप्ने निर्णय गरेको छ । यसरी पदाधिकारीमा संख्या थप्नुको कारण सकेसम्म यसपटक सर्वसम्मत् रुपमा नेतृत्व चयन होस […]