एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ याेग्यता (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने मापदण्ड बनाएको छ।पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि बन्नका लागि लागि १० वर्ष सदस्य भएको हुनुपर्ने मापदण्ड तोकेको हो। महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने पार्टी सदस्य भएको सात वर्ष पुगे महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधानमा गरिएको छ।त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्र

सम्बन्धित सामग्री

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।'यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुङ्गो लागेको छ,' जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डि

केन्द्रीय नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका रुपमा चर्चा गरेका छन् भने केहीले आफूलाई मत दिने विश्वासिलो व्यक्तिलाई महाधिवेशन प्रतिनिधि […]

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

उद्योगी विनोद चौधरी बने काँग्रेसको महाधिवेशन प्रतिनिधि

उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले बताएको छ ।सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।

राप्रपा महाधिवेशन प्रतिनिधि निर्वाचन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको छ ।मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

एमालेले सिन्धुलीबाट छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमालेले सिन्धुली जिल्लाबाट ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेले क्षेत्र नम्बर १ बाट १८ र क्षेत्र नम्बर २ बाट १३ जना गरी ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । नामावली हेर्नुहोस्

एमाले कालीकोटले छान्यो १४ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले कालीकोटले आज १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाहीसहित खुल्लातर्फ ८ जना, महिलातर्फ दुई जना र दलिततर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  खुलाबाट महाधिवेशन प्रतिनिधि चयन हुनेमा नगेन्द्र शाही, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छन् । त्यसै गरी महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएको जिल्ला कमिटी अध्यक्ष शाहीले जान...

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै, यस्तो छ छनौट मापदण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ। चितवनमा…

नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो । जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।  जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जना...

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]