सेन्ट्रल जोन भलिबल : महिला टीमलाई साख जोगाउने चुनौती

२७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षसम्म अन्तर्राष्ट्रिय खेल खेल्न नपाएको नेपाली राष्ट्रिय भलिबल टीमले बंगलादेशमा डिसेम्बर २१ देखि २९ गतेसम्म हुने एसियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्दैछ । नेपालको महिला र पुरुष टीमले सन् २०१९ डिसेम्बरमा घरेलु कोर्टमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० खेलेयता अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । […]

सम्बन्धित सामग्री

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ । फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेन्ट्रल जोन भलिबल – माल्दिभ्समाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको सुरुवातदेखि नै अग्रता बनाएको नेपालले पहिलो सेट संघर्षपुर्ण रुपमा आफ्नो […]

सेन्ट्रल जोन भलिबल – पुरुष टोलीले माल्दिभ्ससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने झिनो सम्भावना रहेको नेपाललाई शीर्ष चारमा रहन यो खेलमा जित आवश्यक छ । नेपालको ३ खेलमा […]

सेन्ट्रल जोन भलिबल - नेपाल श्रीलङ्कासँग पराजित, फाइनल पुग्ने सम्भावना कम

काठमाण्डाै - एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भयो । पहिलो सेट श्रीलंकाले २५–१८ ले जितेकोमा दोस्रो सेट २५–२२ ले जित्दै नेपालले खेल बराबरीमा ल्याएको थियो । तर तेस्रो र चौथो सेट  क्रमश: २५–२२ र २५–१६ ले जित्दै श्रीलंका विजयी भयो ।आजको हारसँगै फाइनल पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । नेपालले तीन खेल खेलेकोमा २ वटामा हार र एउटामा जित निकालेको छ ।

सेन्ट्रल जोन भलिबल – श्रीलंकासँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ नेपालले दोस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२२ को जित निकाल्दै खेलमा […]

सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

काठमाडौं: एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ।…

सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानमाथि नेपालको पुनरागमन जित

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले उज्बेकिस्तानमाथि जित निकालेको छ। बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ सेटमा हराएको हो। पहिलो सेट २५-१८ ले गुमाएको नेपालले त्यसपछिका तीनवटा सेटमा लगातार जित निकालेको थियो। नेपालले दोस्रो सेटमा २५-२१, तेस्रो सेटमा २५-२१ र चौथो सेटमा २५-२३ ले खेल…

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपालको कठिन जित

साविक विजेता नेपाली महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताअन्तर्गत श्रीलंकामाथि कठिन जित हात पारेको छ । नेपालले प्रतिस्पर्धात्मक ३–२ को सेटमा बिहीबार श्रीलंकालाई निराश पारेको हो ।...

एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल सहभागी हुने

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । आउदो डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको हो । संघले २०२१ मा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा एसियाली केन्द्रीय क्षेत्र र बंगलादेश […]