काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको ६३औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको बताएका हुन्। ‘मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दिगो र स्थिर नीति […]