एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरूसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् । ‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने

सम्बन्धित सामग्री

आफ्नै तागतमा एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेश गरेका छन् । ललितपुरमा जारी महासमिति बैठकमा थापाले पेश गरेको प्रतिवेदनमा आगामी निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ । […]