पूजा र आकाशको फिल्म ‘सम्झना बिर्सना’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । कलाकार पूजा शर्मा र आकाशद्वारा अभिनित फिल्म ‘सम्झना बिर्सना’ को प्रर्दशन मिति सार्वजनिक भएको छ । गत शनिबार फिल्म निर्माण टीमले २ वटा प्रेमिल पोस्टर सार्वजनिक गर्दै आगामी असार ३१ गते फिल्मलाई प्रर्दशन गर्ने घोषणा गरेको हो । यसअघि फिल्म ‘सम्झना बिर्सना’ लाई जेठ ६ गते प्रर्दशन गर्ने भनिएता पनि स्थानीय तहको निर्वाचनका […]

सम्बन्धित सामग्री

प्रदर्शन मिति फेरबदल भएपछि ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो । निर्माण टिमले फिल्मको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो टिजर सार्वजनिक गरेको हो । फिल्म असार ३१ गतेदेखि प्रदर्शन हुँदैछ । निमेष प्रधानद्वारा लिखित कथामा प्रधानकै निर्देशन रहेको छ […]

‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स

प्रेमकथामा निर्माण भएको फिल्म ‘सम्झना बिर्सना’ नयाँ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रति दर्शक आकर्षण गर्न नयाँ गीत ल्याएको हो ।सार्वजनिक गीत केही दिन अगाडि मात्र छायांकन भएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अन्जु पन्त र किरण गजमेरको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नृत्य देख्न सकिन्छ ।३१ असारबाट देशभर

पूजा र आकाश फेरिसँगै

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । दार्जिलिङका रमणीय स्थान छायांकन भएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द तथा संगीत पनि निर्देशक निमेषकै हो । ०७९ को जेठ ६ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान

जेठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

प्रेम कथानक फिल्म ‘सम्झना–विर्सना’को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ ।  आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतको अभिनय छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा