लुम्बिनी प्रदेशको नाटकीय राजनीति: विमला वलीको रोजाई माओवादी केन्द्र बन्दा पोखरेललाई बहुमत नपुग्ने

काठमाडौं : लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वली नेकपा (माओवादी केन्द्र)लाई चयन गरेकी छन्।  तत्कालिन नेकपाबाट उपनिर्वाचनमा दाङ ३-२ बाट निर्वाचित भएकी थिइन्। प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको निधन पछि रिक्त रहेको सो पदमा उनकै श्रीमती विमला वलीले निर्वाचन जितेकी थिइन्।  प्रदेशसभा सांसद विमला वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिईन ।…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिर

लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । साथै जनमत पार्टीबाट मन्त्री बन्नुभएका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिनुभएको छ । उहाँले आफूले मुख्यमन्त्री समक्ष राजीनामा …

लुम्बिनीमा चुनावी रणनीति बनाउँदै माओवादी केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन र पार्टीका उम्मेदवारहरूलाई जिताउन विशेष रणनीति बनाइरहको छ । केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएर लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला संयोजकहरूलाई चुनावलाई केन्द्रित गरेर कार्यक्रम तय गर्न निर्देशन दिएका थिए । प्रदेश समन्वय समितिका बैठकले केही प्रदेशको पदाधिकारीहरूलाई समेत गरी केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि र प

यी हुन माओवादी केन्द्र गुल्मीका प्रमुख पदका उम्मेदवार

जिल्ला स्तरमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति भएलगत्तै नेकपा माओवादी केन्द्र गुल्मीले चार वटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवारहरूलाई अगाडी सारेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकामा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज केसी (बसन्त) लाई अगाडि सारेको छ । केसीले पालिकामा बौद्धिक र विकास प्रेमी नेताको छवि बनाएका छन् । अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको उमेदवार रहेका उनी काँग्रेस, एमालेसँग एक्ला-एक्लै भिड्दा तेश्रो शक्ति भएपनि काँग्रेसकै हाराहारीमा मत प्राप्त गरेका थिए

माओवादी केन्द्र गुल्मीको संयोजकमा जिसी

नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टिको नयाँ नेतृत्व चयन भएको छ । आज कपिलवस्तुमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले बुद्धि जिसीलाई गुल्मी जिल्लाको संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि वीरबहादुर कार्की (चाहल) संयोजक थिए ।संगठन विभागको जिम्मेवारी सम्हाल्दै आएका जिसीलाई नेतृत्व हस्तान्तरण गरिएको बैठकमा सहभागी निवर्तमान सयोजक कार्कीले जानकारी दिए । आजैको बैठकले गुल्मीकै माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदर्शन बराल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन्  । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन्  । लुम्बिनी प्रदेश कम

माओवादी केन्द्र लुम्बिनी अध्यक्षमा सुदर्शन बराल

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बराललाई बनाउने सहमति भएको छ ।  बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादीका एक नेताले बताए । मंसिर २५ र २६ गते भएको अधिवेशनले अध्यक्ष चयन गर्न सकेको थिएन । गुल्मीका युवा नेता तथा प्रदेश सभाका सदस्य बराल माओवादी नेता वर्षमान पुन निकट नेता हुन् । उनी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् ।  अध्यक्ष र सदस्यहरू चयन गरे पनि अन्य पदाधिकारीहरू माओवादीले टुंगो लगाउन सकेको छैन ।  माओवादीले प्रदेश समिति २१७ सदस्यीय बनाए...

माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । एक प्रदेश सदस्यका...

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनः पदाधिकारी चयनमा जुटेन सहमति

दाङ– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन। आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो। शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ। […]

माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा २१७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश राजधानी दाङको भालुवाङमा शनिवारदेखि शुरु भएको प्रदेश सम्मेलनबाट २१७ सदस्य निर्विरोध भएका हुन्। समितिको भोलि सोमवार बिहान ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्नेछ। अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट…

विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेकाे बहुमत नपुग्ने

रुपन्देही – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ । दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उहाँ दुवै समूहमा खुल्नुभएको थिएन । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सक्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वल...