गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संसदमा बोलेका कुराले ‘हंगामा’ भयो । उनले नेपालको भूमि भारतले पनि मिचेको छ भनेको विषयलाई लिएर संसद अवरुद्धसम्मका घटना भए ।
गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग छलफल गर्दै गृहमन्त्री गुरुङले उनीहरूको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताए। “तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यसलाई गम्भीर रूपमा बुझेको छ,” उनले भने, “समाधानका […]
नेपालमा समयमै रगत नपाउँदा उपचारमा समस्या भोग्ने बिरामीको संख्या घटाउन सामुदायिक पहललाई प्रोत्साहन गर्ने उद्देश्यले गरिमा नेशनल फाउन्डेसनले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। गरिमा नेशनल फाउन्डेसन र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको आयोजनामा, लायन्स क्लब अफ काठमाडौं हाम्रो रूपान्तरणको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार ब्युरोको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका […]
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५, चन्द्रागिरि–५ बाट पक्राउ गरेको हो। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार रहेका थिए।
काठमाडौँ । क्यानडामा रोजगारी लगाइदिने भन्दै ठूलो रकम उठाएर ठगी गरेको आरोपमा लहानु चौधरी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँ महानगरपालिका-१५ र चन्द्रागिरि क्षेत्रबाट नियन्त्रणमा लिएको हो। कैलाली स्थायी घर भएका चौधरीमाथि २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ बराबर रकम ठगी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार […]