फराकिलो बन्दै ओली र नेपालको फरक–फरक बाटो

तेस्रो धारमा रहेका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने केपी शर्मा ओलीको योजना पूरा भएसँगै नेकपा एमालेले आफ्नो बाटो तय गरेको छ । सँगै नेकपा एकीकृत समाजवादी गठन गरेर गठबन्धन सरकारमा सहभागी हुने माधवकुमार नेपालको लक्ष्य पनि पूरा हुँदैछ । निर्वाचन आयोगले प्रक्रिया पुर्याएर आज बुधबार नै नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ता भएपछि नेपाल नेतृत्वको पार्टीले आफ्नो लय समात्नेछ । अनि माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बाटो पर्खेर बसेका प्रधानमन्त्री...