निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी कानुनी सुधार गर्न निर्देशन

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानुनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।  सोमबार बसेको राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नेगरी कानुनी सुधार गर्न निर्वाचन आयोग र नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । कानुन संशोधन गर्नुपर्ने भए संशोधन गर्न र कानुनी व्यवस्था नभए नयाँ बन्ने कानुनमा महिला प्रतिनिधित्व सुनिश्