नतिजा आउने भए मात्रै स्वास्थ्य सङ्कटकाल लगाउने, नभए किन लगाउने ? - मन्त्री ज्ञवाली

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा स्वास्थ्य सङ्कटकालबारे छलफल भएको छ । बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकालबारे पनि छलफल भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।तर स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान सङ्क्रामक ऐन २०२०, स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सराेकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले ज...

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा निजी कम्पनीलाई दिने कार्यक्रम लागू नगर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा मन्त्री खतिवडाले स्वास्थ्य बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने जवाफ दिएका हुन् । स्वास्थ्यमन्त्री जनार्दन शर्माले के भन्छन् भन्नेमा आफूलाई जानकारी नभएको बताएका मन्त्री खतिवडाले आफू भने स्वास्थ्य […]

खोपको कुनै अभाव छैन, अझै ४ करोड डोज मौज्दात छ : स्वास्थ्य मन्त्री खतिवडा

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज काेराेनाकाे खाेप मौज्दात रहेको जानकारी दिनुभएको छ । पछिल्लो तथ्याङ्क अनुसार समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् । सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् । अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  म...

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा हिजो (बिहीबार) आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउन सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ […]

भारतमा सबै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्ध गराइने–स्वास्थ्य मन्त्री

नयाँ दिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने जानकारी दिएका छन् । केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्विटर मार्फत बताएका छन् । यस […]

सबै नागरिकलाई खोप लगाउने प्रयासमा छौं : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।  मंगलबार बागमती प्रदेश स्काउट अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् । खोप ल्याउने क्रम जारी रहेको भन्दै उनले उमेर समूह अनुसार क्रमशः खोप दिदैँ जाने बताए । दोस्रो मात्रा लग

स्वास्थ्य सङ्कटकालको सुझावमा सरकार सकारात्मक छ : मन्त्री त्रिपाठी

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । साेमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसकाे रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई स...

स्वास्थ्यमन्त्रीले गरे स्वास्थ्य संकटकाल लगाउने संकेत

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी नियन्त्रणका लागि नयाँ कदमको आवश्यकता रहेको बताएका छन्। अहिलेको नियन्त्रणका प्रयास पर्याप्त नभएको भन्दै अब नयाँ कदम चालेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए। आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘अब हामीले नयाँ कदम या देशभर लकडाउन वा स्वास्थ्य संकटकाल लगाउनुको विकल्प छैन्। सरकारले यसबारे चाँडै निर्णय गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले आज टिचिङ अस्पतालमा गएर कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।

प्रधानमन्त्री ओलीले भोली कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।