आयात निर्यातकर्ता व्यवसायीलाई भन्सारले सहजीकरण गर्न नसक्दा सिरहाको माडरस्थित मूल भन्सार कार्यालयको राजस्व असुली घटेको छ। सिरहा भन्सारमा झन्झटिलो प्रक्रिया रहेको भन्दै व्यवसायीले धनुषा र सप्तरीको नाकाबाट सामान आयात–निर्यात गर्न थालेपछि राजस्वमा कमी आएको हो।