ओली र नेपालपछि प्रचण्ड पुगे देउवा भेट्न बूढानीलकण्ठ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शुक्रवार भेटवार्ता गरेका छन् । देउवालाई भेट्न प्रचण्ड शुक्रवार साँझ बूढानीलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पुर्‍याउन नदिने रणनीति बनाएका कांग्रेस र माओवादीबीच नयाँ सरकार गठनको विषयमा समेत छलफल चलिरहेको छ ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले समेत देउवालाई छुट्टाछुट्टै भेटिसकेका छन् ।

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच वार्ता सुरु

प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।देउवालाई भेट्न प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।दुई नेताबीच प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने तथा उपनिर्वाचनमा पनि ओली पक्षका उम्मेदवारलाई मत नदिने  विषयमा छलफल भएकाे उनले जानकारी दिए।पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रि