प्रचण्डको दाबी : संसद पुनःस्थापना हुन्छ, देउवालाई प्रधानमन्त्री बनाउन परामादेश पनि जारी हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार गठन गर्न परमादेश जारी हुने दाबी गरेका छन् । प्रचण्डले संविधानको धारा ७६(५) को व्यवस्था सांसदहरूको विशेषाधिकार भएको पनि जिकिर गरे ।  नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पेशाकर्मी र बुद्धिजीवीसँग गरिएको छलफलमा प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरे । ‘संसद पुनःस्थापना हुन्छ, शेरबहादुर देउवाको सरकार गठन गर्न परमादेश जारी हुन्छ भनेर म आज प...

सम्बन्धित सामग्री

‘कम्फर्टेबल’ संवैधानिक इजलास : अल्पमत–बहुमतमा बाँडिने संकेत

दोस्रो चोटि संसद विघटन भएपछि आम नागरिकको ध्यान सम्मानित सर्वोच्च अदालततर्फ सोझिएको छ । न्यायालयले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्छ कि गर्दैन या अन्तरिम आदेशबाटै संसद पुनःस्थापना हुन्छ कि हुँदैन भन्ने अधैर्य चासो मानिसहरुमा देखिन्छ । यस सन्दर्भमा अदालतमा २८ वटा रिट परेका छन्, जसको सुनुवाई संवैधानिक इजलास...

बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान जारी, धम्जामा कार्यक्रम सम्पन्न

तिलक थापा,बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले राष्ट्रिय जनमोर्चा बागलुङले दोश्रो चरणको विशेष संगठनात्मक अभियान धम्जामा सम्पन्न गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा राजमोका राष्ट्रिय परिषद सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापाले सम्बोधन गर्नुभएको थियो । मन्तब्यको क्रममा उहाँले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई असफल पारिदिनु स्वागत योग्य कदम हो भन्दै सत्ता गठबन्धनको चलखेल सँगै हुने राजनैतिक अस्थिरताले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता खतरामा रहेकोले सतर्क रहन आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोलाका अध्यक्ष लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव एवं काठेखोला गाउँ कार्यपालिका सदस्य टिका संगम बिक, अखिल नेपाल शिक्षक संघका कुलदिप क्षेत्री, राजमो धम्जाका रनबहादुर पुन लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा धम्जाका अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षता, सुनील कुमार खत्रीको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चा धम्जाका सचिव उमेश थापाको सन्चालनमा सम्पन भएको थियो ।

सर्वोच्च अदालतको फैसलाको विपक्षि दल लगायले गरे स्वागत

र्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना सम्बन्धमा गरेको फैसलामा विभिन्न राजनीतिककर्मीले प्रतिक्रिया दिनुभएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फैसलाको सम्ममान गर्दै त्यसको स्वागत गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गरी२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको विज्ञप्तिमा स्मरण गरिएकाे छ । पूर्व प्रधानमन्त्री तथा नेता पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको यो फैसलाले गौरवको अनुभुति भएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले फैसला ऐतिहासिक भएको सर्वोच्चका न्यायाधीशको साहसिक निर्णय भएको भन्दै सवै नेपालीको विजय भएको बताउनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएमा सर्वोच्च अदालतलाई धन्यवाद दिनु भएको छ ।