काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको दाबी गरेका छन्।विहीबार राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारकै बजेट कार्यान्वय गरिरहेको बताएका हुन्। अघिल्लो सरकारले ल्याएका १४ सय वटा सडकले कुनै पनि परिणाम