राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दल मध्येबाट २० प्रतिशत पुर्याउनुपर्ने प्रावधानसहितको अध्यादेश फिर्ता भएको हो । अध्यादेश फिर्ताका लागि जनता समाजवादी पार्टीले सरकारलाई दवाव दिँदै आएको थियो भने अध्यादेशकै लफडाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

सम्बन्धित सामग्री

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज वदनियतपूर्ण : अध्यक्ष ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनका लागि सरकारले ल्याइएको दल सम्बनधी अध्यादेश खारेज गर्नु षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताएका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार विहान बालकोट पुगेका थिए । भेटमा ओलीले संसदको अधिवेशन हठात […]

प्रधानमन्त्री देउवालाई ओलीको सन्देशः असंवैधानिक र षड्यन्त्रपूर्ण काम गर्नुभयो

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति आपत्ति जनाएका छन्। मंगलबार ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको दूतको रुपमा भेट्न गएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीले चलिरहेको संसद अन्त्य गरेर हठात् अध्यादेश ल्याउनु र फिर्ता गर्नु असंवैधानिक भएको बताएका छन्। ओलीले आफ्नो दल विभाजनका लागि सरकारले षड्यन्त्रपूर्ण रुपमा […]

मन्त्री चयन गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ- मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर  देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो । तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव […]

दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ। ऐनमा भएको दल विभाजनका लागि […]