आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हिरो एक्सप्लसको ‘राइड टू लोमान्थाङ’

२२ कात्तिक, काठमाडौं । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ३० ग्राहकहरु काठमाडौंबाट लोमान्थाङका लागि राइडिङमा निस्किएका छन् । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले पर्यटन प्रवर्द्धनका लागि हिरो एक्सप्लस मोटरसाइकल किनेका ग्राहकहरुलाई यात्रामा लगेको हो । सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जना राइडर […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगञ्ज : आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता आयोजना हुने भएको छ।नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता गरिन लागेको हो। घरवास (होमस्टे) संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने बताए। उनले प्रतियोगितामा ४ मिनेटमा १ किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए।२०५ जना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने ब

अपरिहार्य आन्तरिक पर्यटन प्रवर्द्धन

नेपालमा पछिल्लो समय वार्षिक करिब ३० लाख स्वदेशीले आन्तरिक पर्यटकका रूपमा देशभित्रै घुमेका अनुमान गरिन्छ तर यकिन तथ्यांक भने छैन। नेपालमा वार्षिक १० देखि १२ लाख विदेशी पर्यटक आउने अनुमान छ।...

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सूर्यविनायकमा पदयात्रा

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एमालेको राष्ट्रिय युवा संघ पर्यटन विभागले पदयात्रा कार्यक्रम

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ दरबारमार्ग महोत्सव हुँदै

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि काठमाडौंको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै नेपालगञ्जस्थित कान्ति ताल

असोज ८, नेपालगञ्ज । नेपालगञ्जस्थित कान्ति तालको पुनर्निर्माणपछि आन्तरिक पर्यटनको प्रवर्द्धन हुन थालेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनर्निर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी दिए । वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गरेपछि अहिले नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट कान्ति ताल घुम्न आउनेको संख्या बढ्दो रहेको उनले बताए ।  उपमहानगरपालिकाले रू. साढे १० करोड लगाएर कान्ति तालको पुनर्निर्माण सँगसँगै वरिपरिको क्षेत्रमा हराभरा गराउँदै छ । बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् ।  ताल बिहान र साँझपख स्थानीयवासीको घुमघाम गर्ने रमणीय स्थान बनेको स्थानीयवासी सिर्जना थापाले बताइन् । धेरैजसो युवायुवती तालमा घुम्ने, तस्वीर खिचेर रमाइलो गर्ने गरेको उनको भनाइ छ । नेपालगञ्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्को लाग्ने गरेको थापाले बताए ।  सो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ ।  तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएको उपहानगरपालिकाका इञ्जीनियर सुरज शर्माले बताए ।  उनका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदैछ । उपमहानगरपालिकाले यस वर्ष रू. ३५ लाख छुट्याएको छ । ताल वरिपरि बाटो बनाइएको छ । ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ । पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीयस्थल बनाउने उपमहानगरपालिको योजनाअनुसार कान्ति तालसँगसँगै नेपालगञ्जको वडा नं १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्य भइरहेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए । रासस

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

साउन ९, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको छ । कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको बैंकले जानकारी दिएको छ । कोभिड १९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले बताएको हो । हाल बैंकमा ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

ग्लोबल आईएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूले वार्षिक बिदा लिँदा अनिवार्य कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेकाे छ ।  कोभिड महामारीका कारण विदेशी पर्यटकको आवतजावतमा कमी रहेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ महामारीका कारण पूर्ण प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भनेर बैंकले...

कर्मचारीले पर्यटन काज बिदा घरपायक जिल्ला रोज्न नपाउने

कर्मचारीले १० दिने पर्यटन काज बिदा घरपायक रोज्न नपाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा घोषणा भएअनुसार १० दिने पर्यटन काज बिदा...

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।