भक्तपुर : हास्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा आठ रात नौ दिन मनाइने साँया (गाईजात्रा) पर्व आज बिहान तलेजु भवानीको साँया निकालेसँगै सुरु भएको छ। तलेजुको साँया निकालेपछि मात्र सर्वसाधारणले दिवंगत भएका आफन्तको सम्झनामा साँया निकाल्ने परम्पराअनुसार बिहान भालेको डाँकोसँगै तलेजु भवानीको साँया नगर परिक्रमा गरिएको हो।साँपारु धार्मिक तथा सांस्कृति महत्व बोकेको पर्व हो। भक्तपुरमा साँपारुको औपचारिक सुरुवाट जनै पूर्णिमाको साँझ नै गरिन्छ। साँपारुको पूर्व सन्ध्याम