एजेन्सी । साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनकोे उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो सम्लग्नता नरहेको दावी शनिबार गरेको छ । यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् ।